गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनको संख्या एक लाख ८४ हजार नाघ्यो, साढे २६ लाखमा संक्रमण

कोरोनाबाट ज्यान गुमाउनको संख्या एक लाख ८४ हजार नाघ्यो, साढे २६ लाखमा संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार नाघेको छ । बिहीबार बिहानसम्म ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार १८६ पुगेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वभर भाइरसका कारण २६ लाख ३६ हजार ९८९ जनामा संक्रमित देखिएका छन् । यो समाचार तयार पार्नसम्म नयाँ संक्रमण एक हजार २७० जनामा देखिएको छ भने १२० जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म सात लाख १७ हजार ५२७ जनाको सफल उपचार भएको छ । त्यस्तै १७ लाख ३५ हजार २७६ मा पटक पटकको परीक्षणमा पनि पोजेटिभ नै देखिएको छ भने ५६ हजार ६७६ जनाको अवस्था गम्भीर देखिएको छ ।

सबैभन्दा बढी अमेरिका बढी संक्रमण भएको छ । बिहीबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४७ हजार ६६३ पुगेको छ, त्यस्तै आठ लाख ४८ हजार ७३५ जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म अमेरिकामा ८४ हजार ५० जना संक्रमितको उपचार भएर घर फर्काएका छनु भने १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ । गएको एक घण्टामै अमेरिकामा ४ जनाको ज्यान गएको छ भने १८ जनामा नयाँ संक्रमण देखिएको छ ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु