गृहपृष्ठ मध्यरातमा समाजवादी र राजपाबीच पार्टी एकता

मध्यरातमा समाजवादी र राजपाबीच पार्टी एकता

बुधबार मध्ये राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । दुवै पार्टीका चार/चार जना शीर्ष नेताले सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकता भएको सहमति गरेका हुन् ।

सहमति पत्रमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ बताइएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने सहमति पत्रमा उल्लेख गरिएको छ ।

पार्टी एकताको सहमति पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् भने राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

पार्टी एकताको सहमति पत्र

 

प्रकाशित समय ०६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु