गृहपृष्ठ कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो, एक लाख ९० हजार बढीको मृत्यु

कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो, एक लाख ९० हजार बढीको मृत्यु

अमेरिकामा ४९ हजारभन्दा बढीको मृत्यु, ८ लाख ७९ हजार ५२९ संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । शुक्रबार बिहानसम्म संक्रमित हुनेको संख्या २७ लाख १५ हजार ७१३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि एक लाख ९० हजार नाघेको छ । एकै दिन ६ हजार ५३८ को ज्यान गएपछि मृत्यु हुनेको संख्या एक लाख ९० हजार ४६५ पुगेको हो ।

गएको २४ घण्टामै ८३ हजार ९२८ जनामा नयाँ संक्रमिण देखिएका छन् । विश्वका २१० भन्दा बढी देशमा पुगेको भाइरसबाट धेरैको उपचार पनि सम्भव भएको छ । अहिलेसम्म संक्रमित सात लाख ४५ हजार ४५ जनाको सफल उपचार भएको स्वास्थ्य संगठनले जनाएको छ । अझै पनि १७ लाख ८० हजारको सबै परिक्षण गर्दा पोजेटिभ नै देखिएको छ भने ५८ हजार ६७८ जनाको अवस्था गम्भीर देखिएको छ ।

विश्वमा सबैभन्दा बढी मानवीय क्षति भएको मुलुकको रुपमा अमेरिका देखिएको छ । अमेरिकामा अहिलेसम्म ४९ हजारभन्दा बढीको ज्यान गएको छ भने आठ लाख ७९ हजार ५२९ जना संक्रमित छन् । गएको २४ घण्टामै अमेरिकामा दुई हजार २९२ को ज्यान गएको छ भने ३० हजार ८१२ जना नयाँ संक्रमित देखिएका छन् । अहिलेसम्म ८५ हजार ६२४ जनाको सफल उपचार भएको छ ।

प्रकाशित समय ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु