गृहपृष्ठ कोरोना संक्रमित कैलालीकी महिला : १० दिनमै अस्पताललाई बाई

कोरोना संक्रमित कैलालीकी महिला : १० दिनमै अस्पताललाई बाई

कोरोना उपचारपछि सेती अस्पतालबाट डिस्चार्ज हुँदै एक महिला।

सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी कोरोना भाइरसबाट संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका- १, भुरुवाकी ५२ वर्षीया पाना विक आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनी सो अस्पतालबाट सञ्चो भएर घर फर्किने कोरोना भाइरसबाट संक्रमित चौथौ व्यक्ति हुन् । आज साँझ साढे पाँच बजे सेती प्रादेशिक अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले पछिल्लो २४ घण्टामा उनको दुईवटै नमूनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।

चैत १७ गते वीरगंजबाट ३५ जनासहित बसमा कैलालीको लम्कीस्थित घर आइपुगेकी ति महिला रिपोर्ट पोजिटिभ देखिएपछि वैशाख १ गतेदेखि सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

उनी १० दिन लामो उपचारपछि आज घर फर्किन पाउँदा अत्यन्त खुशी थिइन्। यति छोटो अवधिमा उपचारपछि सञ्चो भएर घर फर्किने उनी पहिलो संक्रमित हुन् । सेती प्रादेशिक अस्पतालमा अब एक जना संक्रमित मात्र उपचारमा छन् ।

प्रकाशित समय २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु