गृहपृष्ठ छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन
छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन
भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो । उनलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो ।
७४ वर्षीय जोगीका श्रीमती रेनु जोगी प्रदेशसभा सदस्य रहेकी छिन् भने छोरा अमित जोगी प्रदेश सभाका पूर्व सदस्य रहेका छन् । उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल खेम्काले जानकारी दिए ।
कर्मचारीबाट राजनीतिमा प्रवेश गरेका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुँदै सन् २००० देखि २००३ सम्म मुख्यमन्त्री भएका थिए । (एजेन्सी)
प्रकाशित समय ०७:०३ बजे

















