गृहपृष्ठ सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु

सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु

गस्तीमा सोमाली सेना । (फाइल तस्बिर)

सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल-शबाबका १३ जना लडाकूको मृत्यु भएको छ ।

सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको जानकारी दिए । उनले जुबाको अफमाडाओ सहरमा विद्रोही अल-शबाबविरुद्ध सेनाले कारबाही गरेको बताए ।

प्रवक्ता मोहमदले विद्रोहीबाट सो क्षेत्रबाट सेनाले हातहतियार र गोलाबारुद बरामद गरेको पनि बताएका छन् । स्थानीयबासीले बान्का जिरा गाउँमा सेना र अल-शबाबका लडाकूबीच भिडन्त भएको जनाएका छन् ।

गत जुन ७ मा सोमाली सेना र अल-शबाबबीच हुदुर नगरमा भएको भिडन्तमा अल-शबाबका ३७ जना लडाकूको ज्यान गएको थियो । (रासस)

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु