गृहपृष्ठ लद्दाखमा चीन र भारतबीच भिडन्त, कर्णेलसहित ३ भारतीय सैनिक मारिए
लद्दाखमा चीन र भारतबीच भिडन्त, कर्णेलसहित ३ भारतीय सैनिक मारिए
फाइल तस्बिर ।
लद्दाखको गलवान भ्यालीस्थित चीन-भारत सीमा क्षेत्रमा दुई देशका सैनिकबीच हिंसात्मक भिडन्त भएको छ । सोमबार राति भएको भिडन्तमा कर्णेलसहित तीन भारतीय सैनिक मारिएका छन् ।
भारतीय सेनाका इन्फ्यान्ट्री बटालियनका कमान्डिङ अफिसरको समेत भिडन्तमा ज्यान गएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । सन् १९७५ पछि पहिलोपटक चीन-भारत सीमामा भारतीय सेनाको ज्यान गएको हो । सन् १९७५ को अक्टोबर २० मा अरूणाञ्चल प्रदेशको तुलंगमा असम राइफल्सको गस्ती टोलीमाथि एम्बुस हमला हुँदा चार जवानको ज्यान गएको थियो ।
पछिल्लो समय एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । सो क्षेत्रका यसअघि पनि दुवै देशका सेनाबीच झडप भएको थियो । यसको निकास खोज्न दुई देशका अधिकारीहरु गत ६ जुनमा वार्तामा समेत बसेका थिए ।
लद्दाख घटनापछि भारतीय रक्षामन्त्री राजनाथ सिंह तीनै सेनाका प्रमुख तथा विदेशमन्त्री एस जयशंकरबीच उच्चस्तरी बैठक भइरहेको बताइएको छ ।
प्रकाशित समय १४:०७ बजे

















