गृहपृष्ठ सोमालियामा मारिएका विद्रोही समूहका कमाण्डर नेपाली नागरिक भएको दावी

सोमालियामा मारिएका विद्रोही समूहका कमाण्डर नेपाली नागरिक भएको दावी

सोमालियाको सेनाले गरेको सैन्य कारवाहीमा मारिएका इस्लामिक समूह अल सवाबका कमाण्डर नेपाली नागरिक भएको दावी गरिएको छ । अल सवाबका कमाण्डर भनिएका असरफ अज्मी अबु हमदानलाई नेपाली नागरिक भएको अफ्रिका न्युजले लेखेको छ ।

गत बिहीबार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा इस्लामिक विद्रोही संगठन अल सवाबविरुद्ध सोमालियाको सेनाले सैन्य कारवाही गरेको थियो । हमदान ईस्लामिक समुह अल सवाबका मुख्य प्रशिक्षक रहेको समाचारमा उल्लेख छ ।

नेपाली भनेर दावी गरिएका हमदानसँगै अल सवाबका अन्य तीन जना लडाकुहरु पनि सैन्य कारवाहीका क्रममा मारिएको बताइएको छ । इस्लामिक संगठन अल सवाबले इस्लामिक सरिया कानुनमा आधारित छुट्टै राज्य स्थापनाका लागि त्यहाँको सरकारविरुद्ध सन २००८ देखि सशस्त्र विद्रोह गर्दै आएको छ ।

गस्तीमा सोमाली सेना ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु