गृहपृष्ठ क्यालिफोर्नियामा गोली चल्दा दुई जनाको मृत्यु, चार घाइते

क्यालिफोर्नियामा गोली चल्दा दुई जनाको मृत्यु, चार घाइते

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित वाल्मार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कारमा आएका एक व्यक्तिले वाल्मार्टमा अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीका अनुसार ती व्यक्तिको गोलीबाट वाल्मार्टका कामदार र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्ध–स्वचालित बन्दुकबाट जथाभावी गोली चलाएका उनलाई प्रहरीले तत्कालै प्रतिकार गरेको र उनी प्रहरीको गोलीबाट मारिएको टेहामा काउन्टीका प्रहरी अधिकृत फिल जोन्स्टनले बताए ।

प्रहरीले आक्रमणकारीको पहिचान खुलाएको छैन, तर प्रहरी अधिकृत जोन्स्टनले ती व्यक्ति रेड ब्लफ क्षेत्रकै बासिन्दा रहेको बताए । (रासस/एपी)

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु