गृहपृष्ठ शंकर कुराडेले बनाए तीन लाख खर्चेर सुनको मास्क

शंकर कुराडेले बनाए तीन लाख खर्चेर सुनको मास्क

कोरोना भाइरसको प्रकोप फैलिरहेको बेलामा विश्वभर नै स्वास्थ्य सामाग्रीको अभाव भइरहेको बेलामा भारतमा भने एक जनाले सुनको मास्क प्रयोग गरिरहेका छन् । भारतको पुणेका शंकर कुराडेले करिब ३ लाख रुपैयाँ खर्चेर सुनको मास्क बनाएका हुन् ।

यसअघि भारतकै महाराष्ट्रस्थित कोल्हापुरको एक व्यक्तिले चाँदीको मास्क बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि आफूलाई पनि रहर जागेको भन्दै सुनको मास्क बनाएको उनले बताएका छन् ।

विश्वभर नै कोरोनाको फैलिएको बेलामा मास्क लगाउने मानिसहरुको भीड देखिइरहेका बेला शंकरले लगाएको सुनको मास्कको तस्बिरले सबैलाई आकर्षित गरेको छ । यो मास्क कोरोनाबाट बच्नभन्दा पनि प्रदर्शनका लागि बनाइएको जनाइएको छ । (एजेन्सी)

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु