गृहपृष्ठ नेपालको बारेमा अनर्गल प्रचार गर्ने जी न्युजका प्रधानसम्पादकले मागे माफी

नेपालको बारेमा अनर्गल प्रचार गर्ने जी न्युजका प्रधानसम्पादकले मागे माफी

नेपालको बारेमा अनर्गल प्रचार गरिरहेको भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले माफ मागेका छन् । सो च्यानलकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्दै भिडियो स्टोरी प्रशारण गरेको थियो ।

नेपालको बारेमा अनर्गल प्रचार गरेपछि बिहीबार नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए । त्यसको भोलिपल्ट नै नेपालमा आफ्ना प्रशारण सामाग्री बन्द गर्ने भएपछि प्रधानसम्पादक चौधरीले माफी मागेका हुन् । सुधीरले ट्वीट गर्दै नेपालीहरु भारतीय समाचारवाचकहरुसँग डराएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु