गृहपृष्ठ न्युजिल्यान्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित

न्युजिल्यान्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित

कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्यान्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ संक्रमित भेटिएको तर उनीहरु समुदायबाट संक्रमित नभएको पनि स्पष्ट पारेका छन् ।

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ । अहिले संक्रमित भएकामध्ये पहिलो संक्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको थियो ।

समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको संक्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न लागेकी उल्लेख छ । उनले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एकपटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छन् ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु