गृहपृष्ठ मालीमा सैन्य ‘कु’ : नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने विद्रोही सेनाको भनाइ

मालीमा सैन्य ‘कु’ : नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने विद्रोही सेनाको भनाइ

पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको संयुक्त राष्ट्रसंघले पनि निन्दा गरेकाे छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय संगठनहरूले सैन्य कु को आलोचना गरेको हो ।

परिषदले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ । सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए ।

अफ्रिकी संघले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ । अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन् । तर विद्रोहमा संलग्न सेनाले देशलाई थप अराजकताबाट जोगाउन यस्तो कदम चालेको स्पष्टीकरण दिएका छन् । नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने पनि विद्रोही सेनाले बताएको छ ।

राजधानी बमाकोमा सेनाले आफूहरूले शक्ति कब्जा गर्न नचाहेको भन्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताएका छन । उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्‍यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेका छन् ।

केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए । तर उनले जुन महिनादेखि भ्रष्टाचार, गिर्दो आर्थिक अवस्था र विवादित संसदीय चुनावलाई लिएर ठूलो सडक प्रदर्शनको सामना गर्दै आएका थिए ।

माली विश्वका गरिब देशहरूमध्ये पर्छ, जसले कैयौँपटक सैनिक सत्तापलटको अनुभव बेहोरेको छ ।अहिले माली जातीय हिंसा र जिहादी आक्रमणको लहर नियन्त्रणको निम्ति लडिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु