गृहपृष्ठ निरन्तरको वर्षाले पाकिस्तानको पञ्जाबमा घर भत्किँदा ४ जनाको मृत्यु
निरन्तरको वर्षाले पाकिस्तानको पञ्जाबमा घर भत्किँदा ४ जनाको मृत्यु
पाकिस्तानको पञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रबार घरहरु भत्किँदा १० जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार निरन्तरको वर्षाका कारण एउटा घरको छत खसेर अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् ।
उद्धार टोलीहरू घटनास्थलमा पुगेर मृतक तथा घाइतेहरूलाई भग्नावशेषबाट निकालेका छन् । घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । दुबै घरहरू भर्खरको भारी वर्षाबाट प्रभावित भएका थिए र जीर्ण अवस्थामा रहेको बताइएको छ ।
पाकिस्तानको मौसम विभागले बिहीबार र शुक्रबार पञ्जाब, खैबर पख्तुनख्वा प्रान्त र गिलगित–बाल्टिस्तान (जीबी) क्षेत्रमा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो ।
प्रकाशित समय १९:५३ बजे

















