गृहपृष्ठ विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ ।

इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आइएफआरसी) को क्लाइमेट सेन्टरले बुधबार प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा जानकारी दिइएको छ । कोभिड १९ ले पनि प्रत्यक्ष रूपमा मौसम सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनमा जनाइएको छ । जलवायु सम्बन्धी आपतकाल र महामारीको संयुक्त प्रभावको विशाल रुपमा प्रदर्शन हुदै आएको सो प्रतिवेदनमा जनाइएको छ ।

उक्त प्रतिवेदनमा उल्लेख गरिए अनुसार विश्वका कैयौँ मानव समुदायहरुमा एकपछि अर्को गर्दै जोखिमको मात्रा बढाइदिएको प्रमाणित भएको पनि जनाइएको छ । सन् २०२० मा अहिलेसम्मको मौसमी प्रकोपका १३२ घटनाहरुमा ९२ ओटा कोभिड १९ को महामारीको साथ भएको पनि देखिएको बताइएको हो ।

कम्तीमा ५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोभिड १९ बाट प्रत्यक्ष प्रभावित भएको तथ्यांक सो प्रतिवेदनमा उल्लेख गरिएको छ । बाढी, खडेरी वा आँधीबेहरीबाट ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएका सोे प्रतिवेदनमा देखाइएको छ । यस प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बंगलादेशमा परेको यी दुई देशको करिब ४ करोड व्यक्ति बाढी, आँधी र कोभिड १९ वाट प्रभावित भएका छन् । (एजेन्सी)

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु