गृहपृष्ठ कोरोना महामारी : अमेरिकाले गुमायो दुई लाखभन्दा बढी नागरिक

कोरोना महामारी : अमेरिकाले गुमायो दुई लाखभन्दा बढी नागरिक

कोरोनाभाइरस (कोभिड- १९) महामारीबाट विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकाले ठूलो मानवीय क्षति व्यहोरेको छ । कोरोनाभाइरस संक्रमणका कारण अहिलेसम्म दुई लाख ९ हजार १७७ अमेरिकीको ज्यान गइसकेको छ ।

बितेका २४ घण्टामा मात्रै अमेरिकामा थप ७३७ को ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस अवधिमा ४३ हजार २०६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको कुल संख्या ७२ लाख ८७ हजार ५६१ पुगेको हो । अमेरिकामा हालसम्म कोरोना संक्रमणमुक्त भई घर फर्कनेको संख्या ४५ लाख २४ हजार १०८ रहेको छ । अमेरिकामा सक्रिय संक्रमितको संख्या ४५ लाख २४ हजार १०८ रहेको छ । जसमध्ये १४ हजार ९६ जनाको अवस्था गम्भीर छ ।

नेपालमा पनि दिनप्रति दिन कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार देशभर संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । कोरोनाबाट ४६७ जनाले ज्यान गुमाएका छन् भने ५३ हजार १३ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु