गृहपृष्ठ एमनेस्टीको भारत कार्यालय बन्द

एमनेस्टीको भारत कार्यालय बन्द

AI India_NewsKarobar

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले भारतमा आफ्नो कार्यालय बन्द गरेको छ । भारत सरकारको प्रवर्तन निर्देशनालय  (ईडी) ले  खाता स्थगित (फ्रिज) गर्ने निर्णयपछि एमनेस्टीले भारतका कार्यालय र सञ्चालन गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

विदेशी चन्दा नियमन कानुनको उल्लंघन गरेको आरोपमा त्यहाँको केन्द्रीय जाँच ब्यूरोले (सीबीआई) ले अभियोगपत्र  (एफआईआर) दर्ता गरेपछि प्रवर्तन निर्देशनालयले गत वर्षदेखि यसका अनुसन्धान सुरू गरेको थियो । ईडीले सम्पत्ति शुद्धीकरणको आरोप  लगाउँदै प्रारम्भिक अनुसन्धानका आधारमा ‘इन्फोर्समेन्ट केस इन्फरमेसन रिपोर्ट (ईसीआईआर) दर्ता गरेको छ, उक्त निर्देशनालयले एमनेस्टी इन्डियामाथि सम्पत्ति शुद्धीकरणविरुद्धको नियमावलीअनुसार नयाँ अभियोग दर्ता गरेँसँगै एमनेस्टीकाे सबै खाता फ्रिज गरेको हो ।

एमनेस्टी इन्डिया कार्यालयले प्रवर्तन निर्देशनालयले आफ्ना सबै खाता पूर्ण रूपमा फ्रिज गरिएको भन्दै मानव अधिकार संगठनका अधिकांश कार्य रोकिने अवस्थामा आएको बताएको छ । उसले भारत सरकारले प्रतिशोधका कारण आफ्ना गतिविधि रोकिने अवस्था आएको उल्लेख गरेको छ ।

‘यो मानव अधिकार संगठनहरुमाथि लगातार भारत सरकारद्वारा निराधार र लक्षित रूपमा लगाइरहिएको आरोपको  श्रृंखलामा यो नयाँ प्रकरण हो,’ एमनेस्टी इन्टरनेसनल इन्डियाले भनेको छ ।

एमनेस्टीका भारत कार्यालय बन्द भएपछि अनुसन्धान, क्याम्पेन, परामर्श र टेली-कलर्स टिमलगायतका क्षेत्रमा कार्यरत करिब १५० जनाका रोजगारी गुम्ने छ ।

 

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु