गृहपृष्ठ ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्रम्पले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना भएसँगै आफूहरु क्वारेन्टिनमा बस्ने र छिट्टै निको हुने विश्वास उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो ।

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु