गृहपृष्ठ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकीलाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिने भएको छ । सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सन पुरस्कृत हुने भएका हुन् ।

उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप पुरस्कार प्रदान गरिने एकेडेमीले उल्लेख गरेको छ । सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ । यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु