गृहपृष्ठ स्लोभानियामा कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

स्लोभानियामा कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ । देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोनाभाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ । हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागू हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ । त्यसैगरी कतै हिडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको छ । देशमा सोमबार मात्रै ५३७ जनाका कोरोनाभाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको हो । महामारी फैलिन सुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कर्फ्यू लागू गर्ने घोषणा गरिएको हो । (एजेन्सी)

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु