गृहपृष्ठ बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा
बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा
बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोनाभाइरसबाट संक्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ । पूर्व प्रधानमन्त्री भए पनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत छन् ।
उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिएका छन् । विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारेका छन् ।
अहिले ४५ वर्ष भएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता संक्रमित भएकी थिइन् । बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या अत्यधिक बृद्धि हुदै गएको छ । अहिलेसम्म १० हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । (एजेन्सी)
प्रकाशित समय ०७:३४ बजे

















