गृहपृष्ठ अस्ट्रेलियाको मेलबर्नमा १११ दिनपछि खुल्यो लकडाउन

अस्ट्रेलियाको मेलबर्नमा १११ दिनपछि खुल्यो लकडाउन

अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोनाभाइरस महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् ।

लकडाउन खुला गरेपछि मेलबर्नबासीले राहत र सहजता महसुस गरेक छन् । ‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,’ एक मेलबर्नबासीलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भनेका छन् ।

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यो क्षेत्रका व्यापारिक प्रतिष्ठान खुला भएका छन् । उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् । लकडाउन खुल्ला गरिए पनि सडकमा भीडभाड नगर्न र मास्क नलगाई नहिँड्न भनिएको छ । घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि बन्देज गरिएको छ । सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन सबैलाई आह्वान गरेका छन् ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु