गृहपृष्ठ काबुल विस्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु

काबुल विस्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु

फाइल तस्बिर

काबुलमा शनिबार भएको विस्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ ।

सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ । समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।

पत्रकार तथा अन्य दुई व्यक्तिलाई लक्षित गरी गराइएको विस्फोट स्थानीय स्तरमा नै निर्माण गरिएको बम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु