गृहपृष्ठ अमेरिकामा कोरोना महामारी अझै भयावह बन्नसक्ने विज्ञहरूको चेतावनी

अमेरिकामा कोरोना महामारी अझै भयावह बन्नसक्ने विज्ञहरूको चेतावनी

चिसो समयमा अमेरिकामा कोरोना महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

अमेरिकीहरू जाडोमा बिदामा बस्ने र पारिवारिक जमघटका साथै लामो समय घरमै बस्ने गर्छन् । यो समयमा काभिड १९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले सङ्क्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द गार्डियनले लेखेको छ । ‘एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो, रणनीतिक तयारी भएको पाइँदैन,’ जर्जियास्थित इमोरी स्कुल अफ मेडिसिन तथा ग्रान्डी हेल्थ सिस्टमका सहायक डिन कार्लोस डेल रियोले भनेका छन् ।

उनले अमेरिकामा दैनिक दुई लाख कोभिड १९ संक्रमित हुने अनुमान गर्दै यो अवस्थामा पनि अमेरिकी जनस्वास्थ्य सेवा प्रणालीले धानेमा आश्चर्य मान्न नपर्ने बताए । अमेरिकाको महामारीको अवस्था आगामी दुई महिनामा देख्न सकिने विज्ञहरूको भनाइ छ । अमेरिकामा अहिलेसम्म १ करोड ४ लाखभन्दा मानिस संक्रमित भएको र दुई लाख ४४ हजार ४४८ संक्रमितको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु