गृहपृष्ठ नाजेरियामा बन्दुकधारीद्वारा मस्जिदमा हमला : पाँचको हत्या, १८ जना अपहरित

नाजेरियामा बन्दुकधारीद्वारा मस्जिदमा हमला : पाँचको हत्या, १८ जना अपहरित

नाजेरियामा शुक्रबार त्यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा प्रार्थनाको समयमा आएका कैयौं बन्दुकधारीहरुले बन्दुक आक्रमण गरेको प्रहरीले आइतबार पुष्टि गरेको हो ।

त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् । नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएको हो । मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए ।

यस घटनाको बारेमा अनुसन्धान सुरु भएको त्यहाँको प्रहरीले जनाएको छ । त्यहाँको प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन् । (एजेन्सी)

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु