गृहपृष्ठ जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

फाइल तस्बिर ।

क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।

‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’ उनले भने । उनलाई क्यानडा सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो । सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेवारीसमेत उनलाई दिइएको छ ।

उनले डिसेम्बर ७ देखि यससम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गरे । क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने १२ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु