गृहपृष्ठ यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
सांकेति तस्बिर ।
दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीनवटा विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ । एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन विमानस्थलमा भएका तीन वटा विस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ ।
सरकारी अधिकारीहरुलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त बिस्फोट गराइएको मन्त्रालयको भनाई छ । यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले विस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएको छ । राष्ट्रपति हादीले विमानस्थलमा भएको विस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन् ।
यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एक जना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ । खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । (एजेन्सी)
प्रकाशित समय १५:१९ बजे

















