गृहपृष्ठ सानिमा बैंकको डिजिटल बैंकिङ सेवा सुरू

सानिमा बैंकको डिजिटल बैंकिङ सेवा सुरू

sanima-bank-newskarobar

सानिमा बैंक ओम्नी (OMNI)च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकमा समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई-बैंकिङ) अपग्रेड गरेको हो । सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप web browser मा चल्ने हुँदा मोबाइल फोन, ट्याबलेट, ल्यापटप/कम्युटरबाट पनि चलाउन सकिन्छ ।

नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ई-क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई-भौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवासम्बन्धी सोधपुछ आदि सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

यसका साथै खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानी गर्ने, मुद्दति खाता खोल्ने र अनलाइन भुक्तानी गर्नेजस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताले ई-क्यासबाट पठाएको रकम झिक्न डिजिटल बैंकिङ सेवाहरुसम्बन्धी सोधपुछको सुविधा पाउन सक्नेछन् ।

हालका मोबाइल बैंकिङ प्रयोगकर्ताको मोबाइल एप स्वतःअद्यावधिक हुनेछ । स्वतःअद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् । साथै web browser मा चलाउन https:||sajiloebanking.sanimabank.com मा लगइन गरेर हेर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु