गृहपृष्ठ बस र ट्रक आपस ठोक्किदा एघार जनाको मृत्यु
बस र ट्रक आपस ठोक्किदा एघार जनाको मृत्यु
सांकेतिक तस्बिर
भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको एउटा मिनीबस अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
त्यसमा परी अरु सात जना घाइते भएका छन् । घाइते हुनेहरूलाई अस्पताल पर्याएको छ । सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ ।
मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ । ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको जनाइएको छ । (एजेन्सी)
प्रकाशित समय १६:३८ बजे

















