गृहपृष्ठ बाइडेन र ह्यारिसको शपथ ग्रहण आज, वासिङटनको सुरक्षा व्यवस्था थप कडा

बाइडेन र ह्यारिसको शपथ ग्रहण आज, वासिङटनको सुरक्षा व्यवस्था थप कडा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज सपथ लिँदैछन् । कोरोना महामारी र सुरक्षा चिन्ताका कारण यो पटकको सपथ समारोहमा केही परिवर्तन गरिएको छ । ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थके अमेरिकी संसद्‌मा आक्रमण गरेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । बुधबार वाशिङ्टन डीसीको अधिकांश क्षेत्र बन्द हुनेछन् ।

सुरक्षा योजनाको नेतृत्व अमेरिकी गुप्तचर निकायले लिएको छ । हजारौँ प्रहरीलाई सहयोग गर्न न्याश्नल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी तैनाथ गरिनेछन् । यसपालि सपथ ग्रहण समारोहमा उपस्थित हुने सहभागीको संख्या घटाइएको छ । कोरोना महामारी र सुरक्षा चिन्ताका कारण योपटक विगतजस्तो समारोहमा भिडभाड हुने छैन ।

बाइडन र ह्यारिसले सन् १९८१ मा रेगनको पालामा सुरु भएको परम्परालाई निरन्तरता दिँदै अमेरिकी संसद्‌को अगाडिपट्टि शपथ लिनेछन् । समाजिक दूरी कायम गरेर २ सय जना मानिस उनीहरूसँगै मञ्चमा बस्ने द वाशिङ्टन पोस्टले लेखेको छ । सबैले मास्क लगाउनेछन् र त्यहाँ उपस्थिति हुनु केही दिनअघि नै सबैको परीक्षण गरिने उल्लेख गरिएको छ ।

सपथग्रहण समारोहमा नयाँ राष्ट्रपतिहरूले देशका लोकप्रिय कलाकारहरूलाई कार्यक्रम गर्न लगाउने गरेका छन् । महामारीका बीच यसपालि पनि त्यो परम्परालाई निरन्तरता दिइनेछ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु