गृहपृष्ठ चीन र भारतका सैनिकबीच फेरि झडप, दुवैतर्फका गरी २४ जना घाइते

चीन र भारतका सैनिकबीच फेरि झडप, दुवैतर्फका गरी २४ जना घाइते

फाइल तस्बिर ।

भारत र चीनको सैनिकबीच फेरि झडप भएको छ । सिक्किमको नाकु ला क्षेत्रमा गत हप्ता भएको झडपबारे  साेमबार मात्रै थाहा भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएकाे छन् । हाे । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएकाे बताइएको छ ।

चिनियाँ सेना भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ । ‘प्रतिकूल मौसमका बाबजुद हामीले सफलता प्राप्त गरेका छौं,’ स्रोतहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ ।

यसअघि लद्दाख क्षेत्रको गलवान उपत्यकामा दुवै पक्षबीच झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए । त्यतिबेला चीनतर्फ भएको हताहतीका विषयमा औपचारिक रुपमा केही जानकारी गराइएको छैन । पैदल गस्तीमा रहेको चिनियाँ सैनिकहरुले नियन्त्रण रेखा पार गरेपछि झडप भएको भारतीय पक्षले जनाएको छ । चीन र भारत सैनिकहरुबीच सीमा क्षेत्रमा तनाव कम गर्न लद्दाख वार्ता भइरहेको समयमा पूर्वी क्षेत्रमा झडप भएको समाचार आएको हो ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु