गृहपृष्ठ बेलायत पुग्ने पर्यटकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने

बेलायत पुग्ने पर्यटकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने

फाइल तस्बिर ।

बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टिनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टिन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ ।

बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टिन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टिनहरुमा बस्नुपर्ने नियम बताइएको छ । बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ ।

दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको समाचारमा जनाइएको छ ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु