गृहपृष्ठ दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर
दक्षिण सुडानमा युद्वविराम सम्झौतामा हस्ताक्षर
अडिस अबाबा, ७ पुस–दक्षिण सुडानमा सरकार र बिद्रोही समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बिहीबार भएको शान्ति सम्झौतासँगै चार बर्ष देखि दक्षिण सुडानमा भइरहेको गृहयुद्व पनि अन्त्य हुने भएकोे छ ।
हस्ताक्षर समारोहमा सहभागी अफ्रिकी संघका अधिकारीले सन् २०१३ को डिसेम्बर देखि सुरु भएको डरलाग्दो गृहयुद्व अन्त्य भई यसै हप्तादेखि मेलमिलाप सुरु हुने बताएका थिए ।
शान्ति सम्झौतामा हस्ताक्षर भएकोमा सर्वत्र स्वागत गरिएपनि सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।
राजनीतिक समझदारी पछि दक्षिण सुडानको हिंसा अवतरण भएको छ । दक्षिण सुडानका राष्ट्रपति सल्भा कीर र उहाँका पूर्व सहकर्मी तथा विद्रोही समूहका प्रमुख रिइक माचारले राजनीतिक समझदारी जुटाउनु भएको हो ।
यसअघि सन् २०१५ मा पनि हिंसा अन्त्यका लागि भन्दै शान्ति सम्झौता भएको थियो । तर केही समयमै सम्झौता तोडिएको थियो । (रासस/सिन्ह्वा)
प्रकाशित समय ०४:५४ बजे