गृहपृष्ठ माल्दिभ्सका पूर्व राष्ट्रपति गैयुमलाई जेल
माल्दिभ्सका पूर्व राष्ट्रपति गैयुमलाई जेल

माल्दिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई अदालतले १९ महिन जेल सजाय हुने फैसला सुनाएको छ ।
८० वर्षे पूर्व राष्ट्रपतिमाथि आतंकवादलाई सहयोग गरेको आरोपमा बुधबार ८० यस्तो सजाय सुनाईएको हो । दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा केही वर्ष पहिलेसम्म राजनीतिक स्थिरता कायम थियो ।
तर, पछिल्ला वर्षहरुमा बारम्बार संकटकाल घोषणा गरिने र राजनीतिक संकट दोहोरिने गरेको छ । गैयुम दक्षिण एसियाली सार्क शिखर सम्मेलनमा सुरुदेखि १५ औं शिखर सम्मेलनमा भाग लिन सफल एकमात्र दक्षिण एसियाली राष्ट्रका राष्ट्रप्रमुख हुन् ।
– एजेन्सी
प्रकाशित समय १४:२७ बजे