गृहपृष्ठ तालिवान लडाकुद्वारा चार सुरक्षाकर्मीको हत्या

तालिवान लडाकुद्वारा चार सुरक्षाकर्मीको हत्या

सडक कामदारसहित ४३ जना अपहृत

तालिवान लडाकुहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन् । अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारसमेत रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

युद्धविरामको अवधि सकिएपछि आक्रामक रुपमा प्रस्तुत भएका लडाकूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन् । लडाकुहरूले कान्दाहार प्रान्तको स्पिन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले एएफपीलाई जानकारी दिए ।

अपहरणमा परेका ४३ जनामध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदारसमेत छन् । उनीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरु अपहृत भएको पुष्टि गरेको समाचारमा जनाइएको छ । तालिवानी लडाकुहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन् ।

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु