गृहपृष्ठ अमेरिकाद्वारा दक्षिण कोरियासँगको सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द
अमेरिकाद्वारा दक्षिण कोरियासँगको सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द
तस्बिर गुगल
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भएको शिखर वार्ताको सफलतापछि यसैमा केन्द्रित भएर यो निर्णय गरिएको पेन्टागनका प्रवक्ताले जानकारी दिए ।
अमेरिकाले दक्षिण कोरियाली सेनासँग अगस्टका लागि तय गरेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको घोषणा भएको हो । यसअघि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउँदै आएको थियो ।
गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताको क्रममा अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने सहमति जनाएको भएको थियो ।
(रासस)
प्रकाशित समय १२:४० बजे

















