गृहपृष्ठ बङ्गलादेशी इस्लामिक समूहका विद्रोही नेता मारिए

बङ्गलादेशी इस्लामिक समूहका विद्रोही नेता मारिए

प्रहरी हिरासतमा रहेका बङ्गलादेशमा सक्रिय इस्लामिक अतिवादी समूहका नेता अब्दुर रहमानलाई बिहीबार गोली हानी हत्या गरिएको छ । रहमानमाथिको आक्रमणलाई बङ्गलादेशी अधिकारकर्मीहरूले गैरन्यायिक हत्या शृङ्खलाको पछिल्लो घटना भनी प्रतिक्रिया दिएका छन् ।

रहमान बङ्गलादेशमा सक्रिय अतिवादी इस्लामिक समूह जमायतुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबी)का क्षेत्रीय सैन्य कमाण्डर तथा सन् २०१६ मा राजधानी ढाकामा रहेको एक रेष्टुरेण्टमा १८ विदेशी नमगरिकसहित २२ जनामाथि हमला गरेको भनिएका एक आरोपित पनि थिए ।

उनलाई धर्मविरोधी एक लेखकको हत्या प्रकरणमा दोषी रहेको आरोपमा गत वर्षको जुलाईदेखि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको थियो । रहमान बिहीबार बिहान सिराजदिखान शहरको मध्यक्षेत्रमा प्रहरीको अनुसन्धान अभियानका लागि लगिएको समय आक्रमण गरी हत्या गरिएको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् ।

रहमान अतिवादी इस्लामिक समूहका लडाकूसँग भएको सशस्त्र भीडन्तमा मारिएका जिल्ला प्रहरी प्रमुख जैदुल अलामले बताए । उक्त घटनामा दुई प्रहरी घाइते भएका बताइएको छ ।

विगत दुई वर्षमा सुरक्षाकर्मीले ८० भन्दा बढी शंकास्पद इस्लामिक विद्रोहीलाई गोली हानी हत्या गरेका छन् भने उक्त समूहका सयौं सदस्यलाई पक्राउ गरिएको छ । केहीलाई पक्राउपछि आजिबन काराबासको सजाय तोकिएको छ । रहमानले आफूमाथि आफ्नै समूहले आक्रमण गरेको बताएका प्रहरीले जनाएको छ ।

बङ्गलादेशी जिहादी समूहले जेएमबीले स्थापना गरेको र यसले सन् १९९० को दशकमा भएको अफगानिस्तानी गृहयुद्धमा सघाएको थियो । संस्थापक उच्च नेता सन् २००७ मा मारिएपछि पुनः संगठित भएको जेएमबी समूहले पछिल्लो समय विभिन्न लेखक तथा पत्रकारमाथि पनि आक्रमण गर्दै आएको छ ।

(रासस/एएफपी)

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु