गृहपृष्ठ सीमा क्षेत्रमा २१ लडाकू मारिए
सीमा क्षेत्रमा २१ लडाकू मारिए
टर्कीको अर्धसैनिक समूहको आक्रमणमा टर्कीसँग सीमा जोडिएको एक सिरियाली नगरमा २१ जना लडाकू मारिएका छन् । टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी १७ जनाको ज्यान गएको र बुधबार थप चार जना मारिएका टर्कीस् मानव अधिकार अनुगमनकर्ताले जनाएका छन् ।
सिरियामा गएका केही समयदेखि आतंककारीका विरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देश टर्कीतर्फ लाग्ने गरेका छन् । यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीले जानकारी दिएका बताइएको छ ।
सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी चार लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।
(रासस-एएफपी)
प्रकाशित समय २०:३३ बजे