गृहपृष्ठ म्यानमारमा बाढीका कारण डेढ लाख विस्थापित

म्यानमारमा बाढीका कारण डेढ लाख विस्थापित

myanmar flood-newskarobar

दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण करिब १ लाख ५० हजार नागरिक विस्थापित भएका छन् । बाढीमा परी १२ व्यक्तिको मृत्यु भइसकेको छ ।

बाढीका कारण बाँधहरुसमेत भत्किने डर रहेको बताइएको छ । मदाउक सहरको बागो क्षेत्रमा बाँध बाँधेको स्थानभन्दा पनि केही इन्च माथिसम्म नै पानीको सतह पुगेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । बाढीपीडितलाई डुङ्गाबाट खानेकुरा लगिएको उद्धार समूहका प्रमुख लाइनङ मिन आ ओओले एएफपी समाचार समितिलाई बताएका छन् ।

म्यानमारका सरकारी सञ्चारमाध्यमले बिहीबार एक लाख ४८ हजार ३८६ व्यक्तिलार्इ विभिन्न ३२७ वटा शिविरमा राखिएको जनाएका छन् । म्यानमारको एक पत्रिका इलिनामाका अनुसार अझै पनि २८ हजार व्यक्ति बाढी पसेको घरमा बसिरहेका छन् । बाढीका कारण उनीहरुलाई उद्धार गरेर शिविरमा लैजान समस्या परिरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

 

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु