गृहपृष्ठ ग्वाटेमालाका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा पक्राउ
ग्वाटेमालाका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा पक्राउ
ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ । भ्रष्टाचार गरेको अभियोगमा उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
हड्डीको दुखाइसम्बन्धी समस्याबाट पीडित कोलोमलाई शुक्रबार राति पक्राउ गरिएको हो । उनी अहिले ६६ वर्षका भएका छन् । उनलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । उनलाई सेनाको नियन्त्रणमा रहेको कारागारमा राखिएको छ ।
उनीसँगै सन् २००८ देखि २०१२ सम्म सरकारमा रहेका अन्य दश जनालाई पनि सोही आरोप लगाइएको छ । उनीहरुलाई पक्राउ गरेर कारागारमा राखिएकोमा अधिकांशलाई जमानतमा रिहा गरिएको अधिकारीले बताएका छन् । उनीहरुलाई भने गत फेब्रुअरीमै पक्राउ गरिएको थियो ।
कोलोमसँगै एउटै मुद्दामा पक्राउ पर्नेमा पूर्वअर्थमन्त्री जोन आल्बेर्टो फोन्टेस नाइट र अक्सफाम इन्टरनेशनलका अध्यक्ष पनि छन् । सार्वजनिक श्रोत, साधन र सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका उनीहरु सबैको अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित समय १६:०० बजे

















