गृहपृष्ठ राहुल गान्धीले भने- म प्रधानमन्त्रीको दौडमा छैन

राहुल गान्धीले भने- म प्रधानमन्त्रीको दौडमा छैन

rahul-gandhi-newskarobar तस्बिर : गुगल

 

भारतको कांग्रेस आई अध्यक्ष राहुल गान्धीले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । लन्डन पुगेका उनले भारतको प्रधानमन्त्री पदको आफ्नो उम्मेदवारीको विषयमा यो अभिव्यक्ति दिएका हुन् ।

राहुलका अनुसार उनी कुनै खास पदका विषयमा सोचिरहेका छैनन्, बरु भारतलाई बनाउने विषयमा सोचिरहेका छन् । उनले आफूले आफूलाई कुनै खास पदका लागि लढेको नभई एक वैचारिक लढाईमा रहेको बताएका छन् । र, आफूमा यो वदलाव सन् २०१४ पछि आएकोसमेत उनले बताएका छन् ।

केही समय पहिले कर्णाटक चुनावको समयमा एक प्रेस कन्फ्रेन्समा उनले कांग्रेसले बहुमत पाएमा आफू प्रधानमन्त्री बन्ने बताएका थिए । तर, अहिले उनले त्यसलाई सच्याउँदै आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका हुन् । तर, को प्रधानमन्त्री बन्छ भन्ने विषयमा निर्वाचनपछि मात्र फैसला हुने उनले स्पष्टोक्ति दिए ।

यता राहुलको यो अभिव्यक्तिलाई आधार बनाएर सत्तारुढ भारतीय जनता पार्टीले विपक्षी महाँगठबन्धनप्रति कटाक्ष गरेको छ । बिजेपीका नेता जगदम्बिका पालले प्रधानमन्त्री मोदीकोविरुद्धमा विपक्षीसँग निर्वाचन लढ्ने कुनै ‘चेहरा’ नभएको टिप्पणी गरेका छन् ।

तर, कांग्रेसले बिजेपीको प्रतिक्रयाको खण्डन गरेको छ । उसले कांग्रेसले जहिले पनि निर्वाचन पछिमात्र आफूहरुले प्रधानमन्त्रीको उम्मेदवार छनोट गर्ने गरेको बताएको छ । कांग्रेस आईका नेता आलोक शर्माले कांग्रेसले जहिले पनि निर्वाचन पछि प्रधानमन्त्रीको उम्मेदवार छनोट गरेको बताए । उनका अनुसार कांग्रेसले सन् २००४ र २००९ मा पनि यस्तै गरेको थियो ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु