गृहपृष्ठ इड्लिबमा व्यापक हवाइ हमला

इड्लिबमा व्यापक हवाइ हमला

hawai-aakraman-newskarobar सांकेतिक तस्बिर

 

सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा रूसी सहयोगप्राप्त सिरियाली सेनाले केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् ।

उनीहरूका अनुसार इड्लिबका दक्षिणी भाग तथा हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना बनाइएको छ ।

इड्लिब प्रान्त विद्रोही नियन्त्रित अन्तिम महत्वपूर्ण क्षेत्र हो र रुसको सहयोगमा सिरियाली सरकारी फौजले त्यहाँ हमला गरेका हुन् ।

यसअघि रुस र इरानले मानवीय संकट उत्पन्न हुनसक्ने त्रासबीच संघर्षविराम गर्नुपर्ने आग्रह शुक्रवार अस्वीकार गरेका थिए ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र विपक्षी सम्बद्ध इड्लिब सञ्चार केन्द्रले शनिबार बताएअनुसार सरकारी फौजका हेलिकोप्टरहरूले इड्लिब र उत्तरी हामामा १९ वटा ब्यारेल बम खसालेका थिए ।

प्रकाशित समय २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु