गृहपृष्ठ क्यामरुनमा राष्ट्रपतीय निर्वाचन, पल बीया सातौं कार्यकालका लागि मैदानमा
क्यामरुनमा राष्ट्रपतीय निर्वाचन, पल बीया सातौं कार्यकालका लागि मैदानमा
क्यामरुनमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ । वर्तमान राष्ट्रपति पल बीया साताैं कार्यकालका लागि चुनावी मैदानमा छन् ।
बीयाका विरुद्धमा विपक्षीहरुले संयुक्त रुपमा निर्वाचन लडेका छन् । राष्ट्रपति पल अफ्रिकी शासकहरुमध्ये सम्भवतः सबैभन्दा धेरै समय राष्ट्रपति हुने व्यक्ति हुन् ।
‘मलाई मतदान गरेपछि गौरब लाग्यो,’ विमानस्थलमा काम गर्ने एक जना ३८ वर्षीय पार्टिकले मतदान पश्चात भने । उनले थपे, ‘म नयाँ राष्ट्रपति चाहन्छु र निर्वाचन पनि शान्तिपूर्ण होस् भन्ने हाम्रो कामना छ ।’
प्रकाशित समय १८:३२ बजे

















