गृहपृष्ठ काश्मिरमा दोहोरो गोली हानाहान, दुईको मृत्यु
काश्मिरमा दोहोरो गोली हानाहान, दुईको मृत्यु
सांकेतिक तस्बिर ।
भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र ‘आतंककारी’बीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतंककारीहरु नै रहेको बताइएको छ ।
भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो ।
हान्दवारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा परी दुई आतंककारी मारिएका प्रहरी प्रवक्ताले बताएका छन् । स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो ।
यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ ।
प्रकाशित समय १८:५० बजे

















