गृहपृष्ठ पाकिस्तानद्वारा काबुल आक्रमणको निन्दा
पाकिस्तानद्वारा काबुल आक्रमणको निन्दा
इस्लामावाद, पाकिस्तान- अफगानिस्तानको राजधानी काबुलको एक सांस्कृतिक क्षेत्रमा अवस्थित भवनमा जम्मा भएका केही मानिसलाई लक्षित गरी गराएको आक्रमणको पाकिस्तानले कडा शब्दमा भत्र्सना गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले घटना भएको केही घण्टामै एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तान कायरतापूर्ण आतङ्ककारी हमलाको कडा शब्दमा निन्दा गर्छ ।’
यस दुखद घडीमा पाकिस्तान सरकार मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना अर्पण गर्छ,’ विज्ञप्तिमा भनिएको छ । ‘साथै यस दुखद घडीमा पाकिस्तान अफगान सरकार तथा असल अफगानी मित्रहरूसँग मिलेर आतङ्कवाद विरोधि अभियानमा अघि बढ्ने ऐक्यवद्धता जनाउन चाहन्छ ।’
मंगलबार विहान भएका आत्मघाती आक्रमणमा दुई आक्रमणकारीसहित ४० जना सर्वसाधारणको मृत्यु भएका थियो । घटनामा ८४ जना घाइते भएका थिए । रासस/सिन्ह्वा
प्रकाशित समय १४:५५ बजे