गृहपृष्ठ अन्बर इब्राहिम बन्लान् त मलेसियाका प्रधानमन्त्री

अन्बर इब्राहिम बन्लान् त मलेसियाका प्रधानमन्त्री

anwar-ibrahim

नेता अन्वर इब्राहिमलाई मलेसियाली नागरिकले भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । मलेसियाको मूलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले प्रधानमन्त्रीका रुपमा चर्चामा ल्याउन थालेको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ ।

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पूर्ववर्ती सरकारका पालामा जेल परेका थिए । जेल सजाय भोगेका उनी वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा भएका हुन् ।

इब्राहिम शनिबार सम्पन्न उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी भएका छन् । सो विजयसँगै उनलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको हो । मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो ।

सोही सहमतिबमोजिम नै उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब महाथिरपछिको प्रधानमन्त्री बन्ने चर्चा गरिएको हो । यसअघि, राजनीतिबाट विश्राम लिने घोषणा गरेका महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनुपरेको बताएका थिए ।

अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उनलाई काराबासको सजाय दिइएको थियो । भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ । (रासस/सिन्ह्वा)

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु