गृहपृष्ठ भारतमा माओवादीको आक्रमणबाट र दुई प्रहरी मारिए

भारतमा माओवादीको आक्रमणबाट र दुई प्रहरी मारिए

माओवादीको आक्रमणबाट भारतीय सरकारी टेलिभिजन च्यानलका क्यामेरापर्सन र दुई प्रहरीको ज्यान गएको छ । आक्रमणमा परि दूरदर्शनका क्यामेरापर्सन अच्युतानन्द साहुको मृत्यु भएको छ ।

त्यसैगरी प्रहरीमा सब इन्सपेक्टर रुद्र प्रताप र सब–इन्सपेक्टर मंगलुको पनि उक्त आक्रमणमा परी मृत्यु भएको छ ।

मंगलबार छत्तिसगढको दन्तेवाडा जिल्लामा माओवादी प्रभावित क्षेत्रमा रिपोर्टिङ गरिरहेका दूरदर्शनका पत्रकारमाथि उनीहरुले आक्रमण गरेका थिए । आक्रमण दन्तेवाडाको आरनपुरको जंगली इलाकामा भएको हो ।

माओवादी प्रभावित राज्य छत्तिसगढमा अर्को महिनामा मात्रै विधानसभा चुनाव हुँदैछ । ९० सिट रहेको छत्तिसगढ विधानसभा चुनाव दुई चरणमा हुँदैछ । पहिलो चरणको चुनाव नोभेम्बर १२ र दोस्रो चरणको चुनाव नोभेम्बर २० मा हुनेछ ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु