गृहपृष्ठ बंगलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा, विपक्षी असन्तुष्ट
बंगलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा, विपक्षी असन्तुष्ट
बंगलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने भएको छ । सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तथा निर्वाचनको निष्पक्षताबारे शंका‑उपशंका र अनेक टिप्पणी भइरहेका बेला निर्वाचन आयोगले मिति तोकेको हो ।
बंगलादेशका प्रमुख निर्वाचन आयुक्त नुरूल हुडाले राष्ट्रिय टेलिभिजनमार्फत निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको बताएका छन् ।
निर्वाचन आयोगको निर्वाचन मिति घोषणाप्रति प्रतिपक्षी दलले असन्तुष्टि प्रकट गरेको छ । उसले निर्वाचनलाई प्रजातान्त्रिक मूल्यमान्यता अनुसार गराउन सत्तापक्षबाट समस्या हुनसक्ने आशंका व्यक्त गर्दै प्रतिपक्षी समूहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
हुडाले भने मतदान डिसेम्बर २३ गते निष्पक्ष रूपमा हुने भन्दै विपक्षीलगायत सबै सरोकारवालालार्इ आश्वस्त पारेका छन् । निर्वाचनमा सहभागिताका लागि नोभेम्बर १९ मा उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
सरकारले स्वीकृति दिएपछि स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएकी प्रतिपक्षी नेत्री खालिदा जियालाई पुनः जेल पठाइएका कारण निर्वाचनको स्वच्छतामाथि विपक्षीले आशंका गरेको हो ।
प्रकाशित समय १२:२० बजे

















