गृहपृष्ठ सीएनएनका पत्रकार जिम अकोस्टाको खोसिएको प्रेस पास फिर्ता
सीएनएनका पत्रकार जिम अकोस्टाको खोसिएको प्रेस पास फिर्ता
पत्रकारहरुले पत्रकारीताको मर्यादा नाघ्न खोजेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा पत्रकार सम्मेलन छाडेर हिड्ने धम्की दिएका छन् । वासिंटनको एक अदालतले सीएनएनका पत्रकार जिम अकोस्टाको खोसिएको प्रेस पास फिर्ता गर्न आदेश दिएपछि ट्रम्पले धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् ।
एक पत्रकार सम्मेलनमा ट्रम्पसँग विवाद भएपछि अमेरिकी सेक्रेट सर्भिसद्वारा अकोस्टाको प्रेसपास खोसिएको थियो । तर ट्रम्पले भने अदालतको आदेश कुनै ठूलो विषय नभएको अभिव्यत्ति दिएको बीबिसीले जनाएको छ ।

पत्रकार अकोस्टाले आफ्नो प्रेसपासबारे अदालतको आदेशको प्रशंसा गरेका छन् । न्यायाधीशले पत्रकार परिचयपत्र खोस्ने ह्वाइट हाउसको कदमले पत्रकारलाई दिएको कानुनी अधिकार र प्रेस स्वतन्त्रताको उल्लंघन भएको बताएका छन् । आदालतको आदेशसँगै अकोस्टाको प्रेसपास तत्काल फिर्ता गर्न राष्ट्रपति कार्यालय बाध्य भएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रपतिलाई थप प्रश्न सोध्न खोज्दा ह्वाइट हाउसका कर्मचारीले अकोस्टाबाट माइक्रोफोन खोस्ने प्रयास गरेको थियो । ट्रम्पसँग विवाद भएपछि अकास्टालाई ह्वाइट हाउस छिर्न रोक लगाइएको थियो ।
प्रकाशित समय १८:५५ बजे

















