गृहपृष्ठ सवारी दुर्घटनामा परी भारतमा १५ जनाको मृत्यु

सवारी दुर्घटनामा परी भारतमा १५ जनाको मृत्यु

accident_newskarobar

भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यात्रुबाहक बस दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् ।

कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेको थियो ।

घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । (रासस)

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु